Banijya News

सांग्रिलाले ऋणीलाई ब्याज रकममा १२ प्रतिशत छुट दिने

1
1.1K Shares

०९ असोज, काठमाण्डौ ।


सांग्रिला डेभलपमेन्ट बैंकले कोरोना महामारीको असरमा परेका बैंकका ऋणीलाईराहत दिने योजना ल्याएको छ । महामारीको असरमा परेका बैंकका ग्राहकले बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ छुट दिने भएको हो ।


बैंकका ऋणी ग्राहकले ०७७ असोज मसान्तसम्म चुक्ता भुक्तान गर्न बाँकी रहेको सबै साँवा र ब्याज रकम तिर्नुपर्छ । सो रकम तिर्दा भुक्तानी गरिएको ब्याज रकमको १२ प्रतिशत फिर्ता हुने बैंकले जनाएको छ ।


बैंकको उक्त निर्णय सेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा तथा लघुवित्त वित्तीय संस्थाको नाममा दिइएको थोक कर्जामा लागू नहुने बताएको छ ।

1

Scroll to Top