०४ कार्तिक, काठमाण्डौ ।
सेन्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । यसको लागि बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैंकले १० वर्ष अवधिको सेन्चुरी बैंक डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २२ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको जनाएको छ । यसमध्ये ८ लाख १६ हजार इकाई सर्वसाधारणका लागि खुला हुने र बाँकी १३ लाख २० हजार इकाई संघसंस्थालाई बिक्री गरिनेछ ।
यसमा बिक्री प्रबन्धकको जिम्मा ग्लोबल आइएमई क्यापिटलले पाएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।


