Banijya News

मोबाईल बैंकिङ्गबाट दक्षिणा पठाउँदा रु ३ सय रुपैंया फिर्ता हुने

1
1.1K Shares

०५ कार्तिक, काठमाण्डौ ।


बैँक अफ काठमाण्डूले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । बैंकले दशैंलाई लक्षित गर्दै मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको हो ।


बैंक अफ काठमाण्डूले व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो । यस योजना अनुसार ग्राहकले तिन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा रु। १००० वा सो भन्दा बढि भएमा रु। ३०० नगद उपहार पाउनेछन्


यस योजनामा सहभागी हुनको लागि ग्राहकले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्नेछ, रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्ति फरक फरक हुनुपर्नेछ, उक्त दक्षिणा प्रदान गर्दा ग्राहक महानुभावहरुले ३ कारोबार गर्दा रु। १,००० वा सो भन्दा बढी हुनुपर्नेछ ।


यसको साथै ग्राहक महानुभावहरुले दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङ्गमा भएको फोन पे मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ । ग्राहक महानुभावहरुले दक्षिणा कारोबारको विबरणमा “दक्षिणा” राख्नु पर्नेछ ।
यो योजनामा सहभागी हुन ग्राहक महानुभावहरुले नेपालीहरुको महान चाड विजया दशमीको दिनबाट रकमान्तर गर्नुपर्नेछ ।

1

Scroll to Top