२६ कार्तिक, काठमाण्डौ
ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिका वडा– १० मा सञ्चालनमा आएको छ ।
यो नयाँ शाखासँगै देशभर बैंकको शाखा कार्यालय संख्या २ सय ६२ पुगेको छ ।
देशभर बैंकका २ सय ३८ एटिएम, ४५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २ सय ३१ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि,सम्पर्क कार्यालय सञ्चालनमा छन् ।


