Banijya News

सनराइज बैंकको थप नयाँ शाखारहित बैंकिङ्ग सेवा बझाङको राजकोटमा

1
1.1K Shares

२६ मंसिर, काठमाण्डौ ।


सनराइज बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका–३ राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । यो संगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५४ पुगेको छ ।
बैंकले जयपृथ्वी नगरपालिका वडा नं ३, राजकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विष्णु बहादुर खड्कालार्ई नियुक्त गरेको छ ।
बिहिवार आयोजित कार्यक्रममा प्रमुख आतिथ्य पांण्डु माध्यमिक विद्यालय राजकोटका प्रधानाध्यापक राम बहादुर ऐडीले सम्हालेका थिए । उक्त कार्यक्रममा चैनपुर शाखाका अपरेशन इन्चार्ज नबराज रोकाया र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

1

Scroll to Top