Banijya News

सनराइज बैंक र सेलपेबीच डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न सहकार्य

1
1.1K Shares

काठमाडौं। सनराइज बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रबर्द्धन गर्नका लागि भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ। सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सेल कमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्। सेलकमले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ। भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ। सेलपेमार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ। 

ग्राहकले सेलपेमा आबद्ध गरिसकिएका अन्य बैंकमा वा त्यहाँबाट सन्राइज बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्ने छन्। ग्राहकले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन्। यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भीहरुको बिल, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन-पाउन, बीमा रकम भुक्तानी, ईएमई भुक्तानी तथा सेयर कारोबारको भुक्तानी गर्न सकिनेछ।

1

Scroll to Top