Banijya News

नेपाल बैंकको राजस्व संकलन काउन्टर चोभार सुख्खा बन्दरगाहमा

1
1.1K Shares

चोभार सुख्खा बन्दरगाहमा नेपाल बैंकको राजस्व संकलन काउन्टर सञ्चालनमा अउने भएको छ । बिहीबार भन्सार विभाग र नेपाल बैंकको तर्फबाट राजस्व संकलन काउण्टर खोल्ने विषयमा सम्झौता भएपछि बैंकको सेवा चोभारमा संचालनमा आएको हो ।
सम्झौतामा भन्सार विभागको तर्फबाट महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा विभागको आवस्यकता अनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलनको कार्य संचालन गर्ने छ ।

सो अवसरमा माहानिर्देशक भट्टराईले नेपालको पहिलो बैंक सँग राजस्व कारोवारको विषयमा विगत लामो समयदेखि सम्वन्ध र सहकार्य रहेको बताए । यस सम्झौताले सहकार्यलाई थप उचाईमा पुर्याएको विश्वास ब्यक्त गरे ।

नेपाल बैंक भरपर्दो आधुनिक प्रविधि मैत्री भएकाले सम्झौता गरिएको र चोभार सुख्खा बन्दरगाहबाट छिटो छरितो रुपमा राजस्व संकलन हुने बिश्वास व्यक्त गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नयाँ उर्जावान कर्मचारीहरुबाट संचालनमा रहेको नेपाल बैंकलाई चोभार भन्सारको राजस्व संकलनको जिम्मेवारी प्रदान गरेकोमा भंसार बिभाग प्रति आभार प्रकट गरे । अबका नयाँ बन्ने भन्सार कार्यालयहरुमा पनि बैंकिङ् सेवा उपलब्ध गराउने अवसर प्राप्त गर्ने बिश्वास व्यक्त गरेका छन् ।

उक्त समारोहमा भंसार विभागका उपमहानिर्देशक लगायतका कर्मचारीहरु र नेपाल बैंकको तर्फबाट अपरेसन विभाग प्रमुख र मार्केटिङ्ग एवं रिसर्च डिभिजन प्रमुख लगायतका कर्मचारीहरुको उपस्थिति भएको थियो ।

1

Scroll to Top