सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका अनुसार सञ्जय कुमार शारदाको नाममा रहेको सेयर बिक्रीमा ल्याएको जनाएको हो । बैंकले बिक्री गर्ने संस्थापक सेयरको मूल्य र सेयर संख्या भने निष्कासन गरेको छैन । सोको लागि संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । इन्छुक संस्थापकले सेयर खरिद गर्न वैशाख २५ गतेबाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।
उक्त निवेदन सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा बुझाउनु पर्नेछ । यस समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई विक्रीको प्रक्रिया अघि बढाउने बैंकले जानकारी गराएको हो ।


