सिद्धार्थ बैंक लिमिटेडले यस वर्ष कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांश बढेको हो । गत वर्ष भने कम्पनीले कर समेत ४ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।


