उच्चतम लाभांशको घोषणास् सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीहरूका लागि १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (करसहित) गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। साथै, अग्राधिकार शेयरधनीहरूलाई ८.२५ प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ। न्यून कर्जा विस्तार र सुस्त आर्थिक गतिविधिकै बीच पनि यो लाभांश हालसम्म वाणिज्य बैंकहरूले घोषणा गरेमध्ये उच्चतम हो।
वित्तीय मजबुती र नाफास् बैंकले समीक्षा वर्षमा करिब तीन अर्ब ४७ करोड रूपैयाँ खुद नाफा आर्जन गर्दै आफ्नो पूँजीगत आधार, जगेडा कोष र खुद सम्पत्ति मूल्यमा उल्लेखनीय वृद्धि गरेको छ। विगत पाँच वर्षको लाभांश इतिहास (क्रमशः १३.१६ प्रतिशत, ४.२१ प्रतिशत, ४ प्रतिशत, १०.५३ प्रतिशत र हाल २० प्रतिशत) ले बैंकको सुदृढ वित्तीय व्यवस्थापन र निरन्तर प्रतिफल दिने क्षमतालाई पुष्टि गर्दछ।
डिजिटल बैंकिङमा नवप्रवर्तनस् बैंकले रणनीतिक प्राथमिकताका साथ प्रविधिमैत्री रूपान्तरणलाई अगाडि बढाएको छ। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी तथा भौतिक र डिजिटल क्रेडिट कार्डजस्ता आधुनिक बैंकिङ सेवाहरूमार्फत सेवा प्रवाहलाई थप छरितो, सुरक्षित र पहुँचयोग्य बनाइएको छ।
सुशासन र ग्राहक सम्बन्धस् संस्थागत सुशासन, पारदर्शिता, जोखिम व्यवस्थापन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नियमको पालनालाई बैंकले उच्च प्राथमिकता दिएको छ। ग्राहकको आवश्यकता र अनुभवलाई केन्द्रमा राखेर ग्राहक सम्बन्ध व्यवस्थापनको प्रभावकारी कार्यान्वयनले गर्दा नियामक, लगानीकर्ता र ग्राहकहरूबीच उच्च विश्वसनीयता कायम भएको छ।
दीर्घकालीन प्रतिबद्धतास् सुदृढ वित्तीय अवस्था, प्रविधिमैत्री बैंकिङ र उत्कृष्ट सुशासनको जगमा टेकेर सिद्धार्थ बैंकले भविष्यमा पनि आफ्ना शेयरधनी, ग्राहक र सम्पूर्ण सरोकारवालाहरूका लागि दिगो मूल्य सिर्जना गर्दै बैंकिङ क्षेत्रमा अग्रणी र जिम्मेवार भूमिका निर्वाह गरिरहने विश्वास दिलाएको छ।


