Banijya News

सिद्धार्थ बैंकले कमायो ३ अर्ब ५१ करोड नाफा , प्रतिसेयर आम्दानी २३.०६ रुपैँया

1
1.0K Shares

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्ममा ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४।५४ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३६ करोड नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको फि तथा कमिसन आम्दानी २ अर्ब ९ करोड रुपैयाँबाट बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो । कम्पनीले १ अर्ब ७६ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ ।

यस बैंकले ३ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३३ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ रहेको सिद्धार्थको जगेड कोषमा १६ अर्ब ९२ करोड रुपैयाँ जम्म छ । यसको साधारण सेयर पुँजी १४ अर्ब ७९ करोड ४४ लाख छ भने अग्राधिक सेयर ३ अर्ब ५० करोड छ ।

सञ्चित नाफा १ अर्ब ७० करोड देखिएको छ । यसको प्रतिसेयर आम्दानी २३।०६ रुपैयाँ छ । एनपीएल ३।५३ प्रतिशत छ । प्रतिसेयर नेटवर्थ २२५।१७ रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता ११।५३ प्रतिशत छ ।

 

1

Scroll to Top