Banijya News

बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको १७ औँ दिनमा आफन्तले गरे अन्त्येष्टि

1
1.4K Shares

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेका छन् । मृत भेटिएकी १७ औँ दिनमा आज उनका आफन्तले शव बुझेर उनको अन्त्येष्टि गरेका हुन् ।

शवलाई आजै दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको भागरथीका काका शिवराज भट्टले जानकारी दिए ।भागरथीको शव जिल्ला बैतडीको शवगृहमा राखिएको थियो । भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो ।

भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख छ । सार्वजनिक गरेको दिनसम्म दिनेशले आफूले भागरथीको हत्यामात्रै गरेको बताउँदै आएका थिए तर बिहीबार दिनेशका बुबासमेत राखेर सरकारी वकिलमा गरिएको बयानमा भने दिनेशले आफूले नै बलात्कार गरी हत्या गरेको स्वीकार गरेका थिए । त्यसपछि मात्रै भागरथीका आफन्तले शव बुझेर अन्त्येष्टि गरेका हुन् ।
तस्वीरः विनोद सिंह विष्ट, रासस

1

Scroll to Top