राजनीतिक र सम्पत्ति शुद्धीकरणको डरले सेयर बजारमा पहिरो
बालेन्द्र साहको नेतृत्वमा गत शुक्रबार करिब दुई तिहाइ बहुमतको सरकार गठन भएपछि पुँजी बजारका लगानीकर्तामा ठूलो उत्साह छाएको थियो। बलियो सरकार आएसँगै नीतिगत स्थिरता र बजारमैत्री निर्णय हुने अपेक्षामा आइतबारदेखि नेप्सेले नयाँ उचाइ लिने अनुमान गरिएको थियो । तर, राजनीतिक घटनाक्रमले अप्रत्याशित मोड लिँदा र सम्पत्ति शुद्धीकरणको त्रास फैलिँदा बजारले…

