राष्ट्र बैंकद्धारा रेमिट्यान्स कम्पनीको चुक्ता पुँजी समयसीमा २ वर्ष थप
नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूका लागि न्युनतम चुक्ता पुँजी कायम गर्नुपर्ने समयसीमा दुई वर्ष थप गरिदिएको छ। ‘विप्रेषण विनियमावली, २०७९’ मा दोस्रो संशोधन गर्दै राष्ट्र बैंकले अब रेमिट्यान्स कम्पनीहरूले २०८७ असार मसान्तभित्र न्युनतम १० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याए हुने नयाँ व्यवस्था गरेको हो। यसअघिको प्रावधानअनुसार यस्तो पुँजी २०८५ असार…

