Banijya News

मधेसका सांसदहरुले तत्काल गर्नुपर्ने कामबारे प्रधानमन्त्रीलाई दिए सुझाव

1
1.2K Shares

प्रधानमन्त्री वालेन्द्र शाहले मधेस प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा सुझाव लिए।

जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएको छलफलमा सहभागी सांसद मनिष झाले जानकारी दिए। उनका अनुसार “स्वास्थ्य, शिक्षा, पूर्वाधार, भौतिक निर्माण, सिँचाइ, कृषि आदि विषयमा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विषयमा प्रधानमन्त्रीसंग छलफल भयो।” प्रधानमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका सांसदसँगको छलफल गरिसकेका छन्।

1

Scroll to Top