ड्रोन हमलापछि साउदीको १२०० किलोमिटर लामो तेल पाइपलाइन बन्द
लगातारको ड्रोन हमलापछि साउदी अरबले आफ्नो महत्वपूर्ण ‘ईस्ट–वेस्ट’ तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार करिब १२०० किलोमिटर लामो उक्त पाइपलाइन बन्द भएपछि विश्वव्यापी तेल आपूर्तिमा थप दबाब पर्ने देखिएको छ । इरान र अमेरिकाबीच जारी युद्धका कारण स्ट्रेट अफ हर्मुजमा तेल ट्यांकरको आवागमन प्रभावित…

