Banijya News

मानसरोवर जाने खर्चमा ४० प्रतिशत सम्म वृद्धि

1
1.1K Shares

०४ मंसिर, २०७६, काठमाण्डौ । चीनको तिब्बतस्थित कैलाश मानसरोवर जाने भारतीय पर्यटकलाई प्रतिव्यक्ति ७८० अमेरिकी डलर बढाइएको छ । तर, अन्य देशका पर्यटकका लागि भने रकम बढाइएको छैन ।
नेपालको हुम्ला–सिमिकोट र रसुवाको केरुङ र ल्हात्सा हुँदै कैलाशयात्राका लागि जाने भारतीय पर्यटकलाई चीनको फरएन एक्सचेन्ज सेन्टरले एक्कासि रकम बढाएको हो । यो सँगै नेपाली व्यवसायी चिन्तित बनेका छन् ।
नेपालका पर्यटन व्यवसायीले हाल भारतीय पर्यटकलाई केरुङको बाटो हुँदै कैलाश पठाउँदा एक लाख ३० हजार भारतीय रुपैँया, ल्हात्साको बाटो हुँदै कैलाश पठाउँदा दुई लाख ३० हजार भारतीय रुपैँया र हुम्ला–सिमिकोट हुँदै कैलाश पठाउँदा एक लाख ७० हजार भारतीय रुपैँया लिँदै आएका थिए ।
चीनको फरएन एक्सचेन्ज सेन्टरले कैलाश जानका लागि रकम बढाएसँगै केरुङको बाटो हुँदै कैलाश पठाउँदा अब, एक लाख ८५ हजार भारतीय रुपैँया, ल्हात्साको बाटो हुँदै कैलाश पठाउँदा तीन लाख १० हजार भारतीय रुपैँया र हुम्ला–सिमिकोट हुँदै कैलाश पठाउँदा दुई लाख ६० हजार भारतीय रुपैँया तिनुपर्ने भएपछि समस्यामा परेका हुन् ।
रकम बढाएसँगै, व्यवसायका लागि शुरुमा नै एक लाख अमेरिकी डलर धरौटी राख्नुपर्ने व्यवस्थासमेत गरेको छ । विदेशमा धरौटी राख्ने काम नेपालको कानूनले दिएको छैन ।

1

Scroll to Top