Banijya News

बैतडीको एक विद्यालयमा जिल्लामै पहिलोपटक सेनिटरी प्याड मेसिन जडान

1
1.1K Shares

०८ मंसिर, २०७६, काठमाण्डौ । महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरुलाई सजिलो होस भन्ने हेतुले बैतडीमा रहेको एक विद्यालयमा जिल्लामै पहिलो पटक सेनिटरी प्याड मेसिन (भेन्डिङ) मेसिन जडान गरिएको छ । डिलाशैनी गाउँपालिका–३ पङसेरामा रहेको महादेव माध्यमिक विद्यालयमा उक्त मेसिन जडान गरिएको हो ।
मेसिन जडान भएसँगै सबै छात्रा र शिक्षिकाहरुलाई स्मार्ट कार्ड पनि वितरण गरिएको छ ।
मेसिन जडान भएपछि महिनावारी भएको बेला छात्राहरु नियमित विद्यालयमा आउने विश्वास गरिएको छ । महिनावारी भएको बेला छात्राहरु अनुपस्थित हँुदै आएका थिए ।
करिब एक लाख १५ हजार रुपैयाँ लगानीमा जडान गरिएको मेसिनमा ५० वटा सेनिटरी प्याड हुने जनाइएको छ ।

1

Scroll to Top