०४ पौष, २०७६,काठमाण्डौ । नेपाल पर्यटन बर्ष २०२० मनाउने अन्तिम तयारीमा जुटिरहेका अबस्थामा काठमाडौं बृहत राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ । सोसाईटी अफ नेप्लिज आर्किटेक्ट (सोना)को आयोजनामा शुक्रबारदेखि काठमाडौंको ठमेलस्थित एलप्mट होटलमा सुरु हुने सम्मेलन देशभरका पाँचसय भन्दा बढीको सहभागिता हुँदैछ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘आर्किटेक्चरल रेस्पोन्सेस टू टूरिजम इन नेपाल’ भन्ने एजेण्डासहितको सम्मेलन आयोजना गर्न लागिएको हो । पर्यटकीय क्षेत्र आर्किटेक्चरल हिसाबले जति राम्रो हुन्छ त्यति नै पर्यटकीय सम्भावना बढ्ने हुनाले यसतर्फ सरकारको ध्यानआर्कषण गर्न सम्मेलन सहयोगी हुने आयोजकको दावी रहेको छ ।
पर्यटकले देशको आर्थिक बिकासमा महत्वपुर्ण योग्दान पु¥याएको छ । सम्मेलनमा आर्किटेक्ट, व्यवसायी, सरकारी निकायका साथै नेपालका पर्यटन र निर्माण क्षेत्र सँग जोडिएका अग्रणी संस्थाहरुको समेत सहभागिता रहनेछ । पत्रकार सम्मेलनमा शहरको परिकल्पना, विपद् पछिको संरचना र पर्यटकीय पूर्वाधारमा नयाँ मार्ग प्रसस्त गर्न छुट्टा छुट्टै छलफल हुने सोनाका महासचिव खनालले जानकारी दिनुभयो ।
शुक्रबारबाट सुरु हुने सम्मेलन दुईदिन सम्म चल्नेछ ।


