Banijya News

मिथिला लघुवित्तको ११ औँ वार्षिक साधारणसभा पौष २९ मा, बुक क्लोज कहिले ?

1
1.1K Shares

पौष ६, २०७६, काठमाडौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा पुस २९ गते धनुषाको जनकपुरस्थित होटल राजदरबारको सभाहलमा हृने भएको छ् । सभामा गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित कुल १५.७८ प्रतिशत लाभांश पारित हुनेछ ।
संस्थाले चुक्तापुँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँको १५ प्रतिशतले हुन आउने १ करोड ५८ लाख ७९ हजार २४० रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बोनस सेयर कर प्रयोजनार्थ कम्पनीले चुक्तापुँजीको ०.७८ प्रतिशतले हुन आउने ८ लाख ३५ हजार ७४९।४९ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ ।
सभामा संस्थाको सेयरधनी संचरना परिवर्तन गर्ने भनी राखिने विशेष प्रस्ताव पनि पारित हुनेछ । हाल संस्थामा ७० प्रतिशत सेयर संस्थापक समूह र ३० प्रतिशत सर्वसाधारणसभा समूहको स्वामित्व रहेकोमा त्यसलाई परिवर्तन गरी क्रमशः ५१ र ४९ प्रतिशत बनाउने प्रस्ताव सभाले पारित गर्नेछ । साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले पुस १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुन पुस १४ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।

1

Scroll to Top