०९ पौष, २०७६, काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो १७ औं वार्षिकोत्सवका अवसरमा विशेष छूट योजना ल्याएको छ ।
योजनाअनुसार अनलाइन शपिङ प्लेटफर्म दराजमा बैंकको कार्डमार्फत सामान खरीद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छूट, पहिलो दुईपटक रू. ५०० वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा रू. ५०० क्यासब्याक, पहिलो दुईपटक रू. ५०० वा सोभन्दा बढी रकमको पीओएस मेशिनमार्फत कारोबार गर्दा रू. ३८२ क्यासब्याक पाइने बैंकले बताएको छ ।
एक महीनाभित्र कम्तिमा तीनपटक गरी कुल १५ हजार रुपैयाँको पीओएस मेशिनमार्फत कारोबार गर्दा रू. १ हजार रुपैयाँ क्यास पाइनेछ ।
यो योजना माघ १० गतेसम्म लागू हुनेछ.।


