Banijya News

नेपाल इन्भेस्टमेन्ट बैंकको वार्षिक साधारणसभा पुस २८ गते

1
1.1K Shares

पुस १४ , काठमाडौँ
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा पुस २८ गते गर्दैछ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कुल १९ प्रतिशत लाभांश पारित हुनेछ । जसमा १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ ।
बैंकले आफ्नो ३३ औँ वार्षिक साधारणसभा काठमाण्डौ राष्ट्रिय सभागृहमा यही पुस २८ गते गर्दैछ । बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि आज पुस १४ गतेदेखि बुक क्लोज गर्दैछ ।
त्यस्त,ै सभामा बैंकले अन्य कुनै बैंक वा वित्तीय संस्था प्राप्ति गर्ने वा आपसमा गाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिने, आवश्यकताअनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तोक्ने तथा प्राप्ति वा आपसमा गाभिने प्रक्रियामा अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण कार्य गर्न गराउन अख्तियारी सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

1

Scroll to Top