Banijya News

पुन बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्छ ः छाता संगठन नेपाल बैंकर्स संघ

1
1.1K Shares

पुस २७ , काठमाडौं ।
सहायक कम्पनि मार्फत सेयर ब्रोकर लाई लाइसेन्स दिन वाणिज्य बैंकका प्रमुख कार्यकारि अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघले पुन ः माग गरेका छन् । पुँजी बजार तथा मुद्रा बाजर सम्बन्धित अध्ययन उपसमितिलाई पत्र पठाएको छ । केही बैंकलाई ब्रोकर लाइसेन्स दिंदा इन्साइडर ट्रेडिङ बढ्न सक्छ भनेर दाबी गरिरहँदा संघले भने इन्साइडर ट्रेडिङ नहुने बताइएको छ ्। हाल बैंकिङ क्षेत्र आर्थिक विकासको महत्वपुर्ण क्षेत्र ,पारदर्शी र नीति नियमको पालना गर्ने सन्दर्भमा सबैभन्दा अगाडि रहेको व्यक्त गर्दे इन्साइडर ट्रेडिङ नहुने दाबी गरिएको हो ।
अहिले लगभग ७५३ स्थानिय तह मध्ये धेरैजसो स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगिसकेको छ । उक्त बैंक तथा वित्तिय संस्था बाट नै धितोपत्र कारोबार गर्ने व्यवस्था हुन सक्यो भने सर्वसाधारणको पहुँच वृद्धि हुने छाता संगठन नेपाल बैंकर्सको तर्क रहेको छ । संघले ब्रोकरको काम अहिले भइरहेको बैंकिङ प्रणालीबाटै हुने तर्क पनि पेश गरेको छ ।
पुँजी बजार सुधार र विस्तारका लागि राष्ट्र बैंकका डेपुटी गभर्नरको संयोजकत्वमा गठन गरिएको कमिटीले सिफारिस गरेको ५८ बुँदे सुझावमा पनि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने विषयलाई उच्च प्राथमिकतामा राखिएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकलाई सेयर कारोबार गर्न बाटो खोलिदिएको थियो । त्यही नीति अनुसार राष्ट्र बैकले १९ वटा वाणिज्य बैंकलाई सहायक कम्पनी खोलेर ब्रोकर सेवा प्रदान गर्न अनुमति दिइसकेको थियो । बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढिसकेको अवस्थामा एकाएक अर्थ समितिले नेप्सेलाई पत्राचार गरेर यो प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको थियो । त्यसपछि बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगित भएको थियो ।

1

Scroll to Top