Banijya News

उत्पादन बढे सँगै सिमेन्ट आयातमा गिरावट

1
1.1K Shares

१३ फागुन, काठमाण्डौ
नेपालमा गुणस्तरको सिमेन्ट उत्पादन बृद्धी भए सँगै बिदेशी सिमेन्ट आयातमा भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको ६महिनामा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ७६ प्रतिशतले सिमेन्ट आयातमा कमी आएको देखिएको हो ।
नेपालमा गत आर्थिक वर्षको ६ महिनामा ९ अर्ब ९३ करोड रुपैयाँको सिमेन्ट तथा क्लिङकर आयात भएकोमा चालु आर्थिक वर्षको सोहि अवधी सम्म आईपुग्दा २ अर्ब २२ करोड रुपैँयाको मात्र सिमेन्ट आयात भएको छ ।
सरकारले सिमेन्टमा आत्मनिर्भर बन्ने लक्ष्य लिइरहेका बेला आयात घट्नुले देशमै उत्पादन वृद्धि भएको संकेत गर्दछ । सरकारले यस अघि नै चालु आर्थिक वर्ष २०७६।७७ को नीति तथा कार्यक्रममा सिमेन्टलाई निर्यातको प्रमुख वस्तु बनाउने घोषणा गरेको थियो । तर, प्रमुख कच्चा पदार्थका रूपमा रहेको क्लिङ्करमा अझै मुलुक आत्मनिभर बन्न सकिरहेको छैन ।
आर्थिक वर्ष २०७२।७३ मा ११ अर्ब ६८ करोड रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर आयात भएको थियो । विगतमा बर्से्नि सिमेन्ट आयातको दर बढ्दो भए पनि चालु आर्थिक वर्षको ६ महिनामा भने भारी गिरावट आएको छ । सरकारले २०७४ साललाई ‘बेन्चमार्क’ राख्दै सिमेन्टमा आत्मनिर्भर हुने महत्वाकांक्षी योजना ल्याएको थियो ।
राष्ट्र बैँकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७५।७६ मा १२ अर्ब ९७ करोड रुपैयाको बराबरको सिमेन्ट तथा क्लिङकर आयात भएको थियो । आर्थिक वर्ष २०७४।७५ मा ३१ अर्ब १७ करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट तथा क्लिङकर आयात गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३।७४ मा २४ अर्ब रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर आयात भएकोमा गत वर्ष २९ प्रतिशतले वृद्धि भइ ३१ अर्ब रुपैयाँको आयात भएको थियो ।
ठुला पुर्बाधार निर्माणमा स्वदेशी उत्पादन नै खपतका लागि व्यवसायी प्रयत्नशिल रहेका छन् । हाल नेपालमा मुलुक भित्रै उत्पादन स्टे«न्थयुक्त ४३ र ५३ ग्रेडका सिमेन्ट लाई मान्यता दिने सरकारको निर्णयलाई उत्साहित निजी क्षेत्रले नेपालका सडक काले पत्रे भन्दा अधिकतम स्थानमा सिमेन्ट उपयोग गरी स्वदेशी उद्योगलाई प्रर्बद्धनको आग्रह गर्दै आईरहेका छन् ।
नेपाली सिमेन्ट उद्योग अहिले बजारको माग भन्दा बढी उत्पादन गर्न सफल भईसकेको छ । आगामी आर्थिक वर्षमा उत्पादन बढाउन दोव्वर पार्न सक्ने संरचना पनी तयार भईरहेको छ ।
नेपाली सिमेन्ट् उद्योगहरुको उत्पादन क्षमता पनि निकै बढी रहेको छ र नयाँ उद्योग आएपछी झनै बृद्धी हुनेछ ।

1

Scroll to Top