Banijya News

लाइसेन्स जाँच गर्न ट्राफिकको नयाँ नियम

1
1.1K Shares

फागुन १९, काठमाडौं ।
नक्कली लाईसेन्स प्रयोगकर्ताहरुलाई अब ट्राफिक प्रहरीले सजिलै नियन्त्रण गर्न सक्ने भएको छ । नक्कली सवारी चालक अनुमतिपत्र अर्थात लाईसेन्स बोकेर ट्राफिक प्रहरीलाई झुक्याउनेहरु सजिलै पत्ता लगाउनको लागि ट्राफिकले स्मार्ट लाईसेन्स प्रयोग गर्ने भएको हो ।
त्यस्ता नक्कली लाईसेन्स प्रयोगकर्तालाई दायरामा ल्याउन यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स जाँच गर्ने ४० वटा (स्मार्ट लाईसेन्स रिडर) ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।
नक्कली स्मार्ट लाइसेन्सको प्रयोग हुने आशंकामा त्यसलाई नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखा र सात वटै प्रदेशका ट्राफिक प्रहरीलाई ४ देखि ६ वटा स्मार्ट लाइसेन्स रिडर वितरण गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

1

Scroll to Top