Banijya News

झापाको दमक र नवलपरासीको बर्दघाटस्थित सब–स्टेसनमो प्राधिकरणले गर्यो क्षमता बृद्धि

1
1.1K Shares

नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन झापाको दमक र नवलपरासीको बर्दघाटस्थित सब–स्टेसनहरुको क्षमताको स्तर बृद्धि गरेको छ । दमकको पाडाजुागीस्थित सबस्टेसनमा १३२र÷३३ केभी, ६३ एमभीएको पावर ट्रान्सफर्मर थप गरेर शनिबारबाट सञ्चालनमा ल्याएको हो ।

त्यहाँ पहिले ३० एमभीएको ट्रान्सफर्मर रहेको थियो । नयाँ थप गरिएपछि ट्रान्सफर्मरको क्षमता ९३ एमभीए पुगेको छ । स्तर बृद्धिसँगै अव स्थानिय क्षेत्रमा विद्युत सप्लायर्समा समस्या नहुँने देखिएको छ ।

यसैगरी, नवलपरासीको बर्दघाट सब–स्टेसनको क्षमता बढाउन १३२÷११ केभी, २२ दशमलव ५ एमभीएको पावर ट्रान्सफर्मर राखिएको छ । ७ एमभीएको ट्रान्सफर्मरलाई हटाएर २२ दशमलव ५ एमभीएको राखिएको हो । त्यहाँ यसअघि २२ दशमलव ५ र ७ एमभीएका ट्रान्सफर्मर थिए । अब सस्टेसनमा रहेका ट्रान्सफर्मरको क्षमता ४५ एमभीए पुगेको छ । प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले जानकारी दिए ।

1

Scroll to Top