०६ असोज, काठमाण्डौ ।
कोरोनाको महामारी नियन्त्रण गर्न सहज हुने भन्दै रौतहटमा अक्सफाम नेपालको आर्थिक सहयोगमा र आरडिसी नेपालको आयोजनामा ३ हजार बिपन्न परिवारलाई स्वास्थ्य समाग्री हस्तान्तरण गर्ने अभियान चलाइएको छ । ४१ औं सामाजिक सेवा दिवशको अवसर पारेर रौतहटको विभिन्न १८ वटै स्थानिय तहका विपन्न परिवारलाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण अभियान थालिएको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले आइतबार चन्द्रपुर नगरपालिकामा आयोजित सोही सामाग्री हस्तान्तरण कार्यक्रममा कोरोना महामारीको युद्ध लडन सबै नागरिक सचेत हुनुपर्ने बताए ।
यस्त,ै कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले यस्ता सहयोगले समाजमा सरसफाइ राख्न ठुलो सहयोग पुग्ने धारणा राखेका थिए ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरी, शसस्त्र प्रहरी सन्तपुर बेस क्यापका डिएसपी, चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष अमर आले, आरडिसी नेपालका अध्यक्ष पारस हुसेन, कोषाध्यक्ष ममता झा लगायतकोउपस्थिती रहेको थियो ।


