०१ कार्तिक, काठमाण्डौ ।
स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौ अभियानलाई आत्मसाथ गर्दै सनराईज बैंकले नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर सार्वजनिक गरेको हो ।
उक्त योजनाअन्र्तगत सनराइज बैंकले आफ्नो मोबाइल बैंकिङ सनराईज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यशााली ग्राहकहरुलाई एक एक थान स्मार्ट फोन प्रदान गर्नेछ ।
साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम १ सय रुपैयाँ क्यासब्याक गर्ने व्यवस्था समेत गरेको छ ।
डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले एफवान सफ्टसँगाको सहकार्यमा उक्त योजना ल्याएको बैंकले बताएको छ ।
सनराइज बैंकले आफ्नो १३ आंै वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न २०७७ कार्तिक १ गते देखि मंसिर ५गते सम्मको लागी यो योजना ल्याएको हो ।


