प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरूले अब झम्सिखेल, पुल्चोक, ललितपुरस्थित होपफुल हराईजन नेपाल प्रा.लि.बाट मानसिक स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। यससम्बन्धी दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।
एक समारोहका बीच होपफुल हराईजन नेपाल प्रालिका तर्फबाट कन्सल्टेन्ट साइक्रियाटिस्ट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले समझदारी ज्ञापनपत्र (एमओयू) मा हस्ताक्षर गरे। यस अवसरमा प्रभु बैंककी प्रिभिलेज बैंकिङ प्रमुख अन्जु बस्नेतको पनि उपस्थिति थियो।
यो छुट सुविधा पाउनका लागि प्रभु बैंकका ग्राहकहरूले बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिभिलेज कार्डमध्ये कुनै एक होपफुल हराईजन नेपाल प्रालिमा पेस गर्नुपर्नेछ।
होपफुल हराईजन नेपाल प्रालि नेपालको निजी क्षेत्रबाट सञ्चालित एक दक्ष र अनुभवी विशेषज्ञहरूको टोलीद्वारा मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने संस्था हो। यसले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको छ।
ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको र “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ तथा वित्तीय सेवाहरू प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।


