Banijya News

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

1
1.1K Shares

नेपालको अग्रणी खाना डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरूको जीवनलाई थप सहज र खुसी बनाउने प्रतिबद्धता जनाएको छ। सन् २०१० देखि नै गुणस्तरीय खाना डेलिभरी मार्फत ग्राहकहरूलाई सरल र खुसी अनुभव प्रदान गर्दै आएको फुडमाण्डुले यो सेवालाई निरन्तरता दिने बताएको छ।

फुडमाण्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले विगत १४ वर्षदेखि कम्पनी ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउन प्रतिबद्ध रहेको बताइन्। उनले भनिन्, “हामी केवल खाना डेलिभरी मात्र नभएर त्यस खाना मार्फत हाम्रा ग्राहकहरूसम्म सहजता र खुसी पनि पुर्याउँछौं। ‘लाइफ अझै बेटर’ बनाउनु नै सधैं हाम्रो सिद्धान्त रहेको छ। व्यस्त दिनको खाना होस् वा सप्ताहन्तमा प्रियजनहरूसँगको जमघट, हामीले हाम्रा ग्राहकहरूको आवश्यकता सधैं पूरा गर्दै आएका छौँ।”

हाल फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका हजारौं घरदैलोमा खाना डेलिभरी सेवा प्रदान गरिरहेको छ। यसका लागि फुडमाण्डुले १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गरेको छ। खाना डेलिभरीका अतिरिक्त, फुडमाण्डुले वनमार्ट मार्फत ग्राहकहरूको दैनिक आवश्यकताका सामानहरूमा पनि द्रुत डेलिभरी सेवा दिँदै आएको छ।

1

Scroll to Top