Banijya News

आइएमई पे र खल्तीको एकीकृत कारोबार सुरु

1
1.1K Shares

आइएमई पे र खल्ती वालेट मर्ज भएर आजबाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ । एउटै एपमा समेटिएपछि साविकका एक करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।

यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ । मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने कम्पनीको विश्वास छ ।

साबिक आइएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आइएमई’मा माइग्रेट हुने सुविधा उपलब्ध छ । यो प्रक्रियामार्फत आइएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन् । खल्ती प्रयोगकर्ताहरूले आफ्नो एप अपडेट गर्नुपर्नेछ ।

आइएमई पे आइएमई ग्रुपअन्तर्गत सञ्चालन हुँदै आएको थियो । चार जना सह–संस्थापकद्वारा स्थापना गरिएको खल्तीमा पछि वल्डलिंक, त्रिवेणी ग्रुपलगायत कर्पोरेट लगानीकर्ताहरू आबद्ध भएका थिए ।

1

Scroll to Top