Banijya News

दुई सय पाँच प्रतिशतले बढ्यो शिवम् सिमेन्टको नाफा

1
1.2K Shares

शिवम् सिमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमासमा ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २ सय ५.८५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यद्यपी कम्पनीले बिक्री आम्दानी ६६.२९ प्रतिशतले बढेको छ । कम्पनीले बिक्रीमार्फत १ अर्ब ७२ करोड रुपैयाँ कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले बिक्रीमार्फत १ अर्ब ३ करोड रुपैयाँ कमाएको थियो ।

कम्पनीले यो अवधिमा १३ करोड ९४ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ । कम्पनीले कुल खर्च भने घटाउन सफल भएको छ । अघिल्लो आवसम्म ९५ करोड ६५ लाख रुपैयाँबराबरको खर्च गरेको कम्पनीले चालु आवसम्म ६४ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ ।

५ अर्ब ४५ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले सेयर प्रिमियम रिजर्भका लागि ९५ करोड ६२ लाख रुपैयाँ छुट्टाएको छ । यस्तै अन्य रिजर्भका लागि ३ अर्ब ८७ करोड रुपैयाँको व्यवस्था गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१४.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८५.५७ रुपैयाँ, प्रतिसेयरस कुल सम्पत्तिको मूल्य २०३.८७ रुपैयाँ र तरलता अनुपात १.८० प्रतिशत कायम भएको छ ।

1

Scroll to Top