यती एयरलाइन्स लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । सर्वसाधारण आईपीओ निष्कासनका लागि कम्पनीले एनआईएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
धितोपत्र निष्कासनसम्बन्धी उक्त सम्झौतापत्रमा यती एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको यती एयरलाइन्स नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकमध्ये एक हो ।


