Banijya News

राहदानी सेवा असार २५ र २६ गते बन्द

1
1.0K Shares

राहदानी विभागले राहदानीसम्बन्धी नियमित सेवा आज असार २५ र भोलि असार २६ गते बन्द गर्ने भएको छ । हालको प्रणालीबाट नयाँ प्रणालीमा जाने तयारी अन्तिम चरणमा पुगेकाले दुई दिनका लागि नियमित सेवा बन्द गर्न लागिएको विभागले जनाएको छ ।

तर, विभागमा तयार भइसकेका राहदानी वितरण कार्य भने सो अवधिमा पनि सुचारु रहने बताइएको छ । विभागले मोबाइलमा राहदानी संकलनका लागि जानकारीमूलक सन्देश प्राप्त गरिसकेका सेवाग्राहीलाई असार २५ र २६ गते विभागमा सम्पर्क गरी राहदानी लिन अनुरोध गरेको छ ।

विभागका अनुसार, आगामी असार २९ गतेदेखि राहदानी सेवा हालको प्रणालीबाट नयाँ प्रणालीमा पूर्ण रूपमा जाने तयारी गरिएको छ । प्रणाली स्तरोन्नतिपछि सेवा प्रवाह थप प्रभावकारी, सुरक्षित र सेवाग्राहीमैत्री हुने विभागको भनाइ छ । विभागले यसअघि असार १९ गते नै सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण सेवा प्रभावित हुने जानकारी गराएको थियो ।

1

Scroll to Top