Banijya News

सिद्धार्थ इन्सुरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

1
1.3K Shares

सिद्धार्थ इन्सुरेन्सको साधारण सभा हुने भएको छ । कम्पनीका अनुसार चैत ३० गते काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुने भएको हो । सभामा आर्थिक वर्ष २०७७।७८ को नाफाबाट १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७९% नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । आर्थिक वर्ष २०७७।७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने एजेण्डा पनि छ । आर्थिक वर्ष २०७८।७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कुनै बिमा कम्पनीसँग मर्जरमा जाने सम्बन्धी सबै सञ्चालक समितिलाई अख्तियारी पनि दिनेछ ।
लाभांस तथा साधारण सभा प्रयोजनका लागि चैत १७ गते एक दिन बुक क्लोज गर्नेछ । बुक क्लोज अनुसार चैत १६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने भएका छन् । साथै साधारण सभामा पनि भाग लिन पाउने भएका हुन् ।

1

Scroll to Top