Banijya News

युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीलाई लाभांश लिन आग्रह

1
1.0K Shares

युनाइटेड मोदी हाइड्रोपावरले विगतका आर्थिक वर्षमा वितरण गरेको नगद लाभांश दाबी गर्न सम्बन्धित लगानीकर्तालाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ को नगद लाभांश अझैसम्म धेरै सेयरधनीले नबुझेको भन्दै उक्त लाभांश लिन सार्वजनिक सूचना जारी गरेको हो ।

कम्पनीका अनुसार उक्त लाभांश रकम वितरण भएको पाँच वर्षभन्दा बढी समय बितिसकेकाले प्रचलित कानुनी व्यवस्था अनुसार लगानीकर्ता संरक्षण कोषमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । कम्पनीले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवश्यक कागजातसहित आफ्नो सेयर रजिस्ट्रार सिटिजन्स क्यापिटलमा सम्पर्क गरी बाँकी रहेको नगद लाभांश प्राप्त गर्न आग्रह गरेको छ ।

कम्पनी ऐन, २०६३ तथा लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ मा तोकिएको व्यवस्था अनुसार निश्चित अवधिसम्म दाबी नगरिएको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने प्रावधान रहेको छ । सोही व्यवस्थाअनुसार दाबी नगरिएको रकम कोषमा पठाउनुपर्ने भएकाले सम्बन्धित सेयरधनीलाई समयमै प्रक्रिया पूरा गर्न कम्पनीले अनुरोध गरेको हो ।

1

Scroll to Top