बिहिबार ३ पौष २०७६
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले शून्य लागतमै वैदेशिक रोजगारीमा पठाउने योजना बनाएका छन ्। अन्तर्रा्ष्ट्रिय आप्रवासन दिवसको अवसरमा अन्तर्रा्ष्ट्रिय श्रम संगठनले आयोजना गरेको नेपालका आप्रवासी कामदारसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री यादवले सबै देशमा शून्य लागतमै नेपाली कामदार पठाउने गरी श्रम सम्झौतामा प्राथमिकता दिइएको छ । श्रम सम्झौताका लागि आधा दर्जनभन्दा बढी देशसँग प्रक्रिया अघि बढेको छ । ‘रोजगारदाताले नै सम्पूर्ण खर्च बेहोर्ने गरी शून्य लागतमै सम्झौता भइरहेका छन् । सीप सिकाएर दक्ष कामदार उत्पादन गर्ने सरकारको रणनीति हो । ‘दक्ष जनशक्ति उत्पादन गर्न सीपमूलक तालिममा प्राथमिकता दिइएको छ । फर्किएका कामदारको सीप प्रयोग गरेर आर्थिक उत्पादनमा लगाउने उल्लेख गररेको छ । रेमिट्यान्स आर्थिक विकासको मेरुदण्ड हो । ्रेमिट्यान्सको सही सदुपयोगले अर्थतन्त्रले छिट्टै फड्को मार्ने विश्वास लिइएको छ् । थयो । कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा महत्वपूर्ण रहेको छ । यूएन नेपाल प्रतिनिधि भ्यालरी जोलियनका अनुसार सानो उमेरमै वैदेशिक रोजगारीमा जाने क्रम चुनौती बढेको छ । रेमिट्यान्स आर्थिक इन्जिनको रूपमा रहे पनि कामदारमाथि न्याय प्रदान गर्न नसकेको हो । स्वदेशमै उद्यम गर्ने वातावरण बनाउनुपर्छ आप्रवासी नेपाली कामदारको हितका लागि रणनीति बनाएर अघि बढ्नुपर्ने देखिन्छ् । हालको नेपालको अवस्था हेर्दा आर्थिक विकासको प्रमुख अंग रेमिट्यान्स भए पनि उपभोगमै सीमित भएको छ ।


