May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

बलिउडको दोस्रो फिल्म ‘कर्मा मिट्स किस्मत’ मा पनि मेनुका पौडेलको स्वर

बलिउडको दोस्रो फिल्म ‘कर्मा मिट्स किस्मत’ मा पनि मेनुका पौडेलको स्वर

गायन रियालिटी शो ‘इन्डियन आइडल १४’ मा प्रतिस्पर्धा गरेर चर्चा आएकी मेनुका पौडेल सञ्जय मिश्रा अभिनित ‘कर्मा मिट्स किस्मत’ प्रोजेक्टमा पार्श्व गायिकाका रूपमा छनोट भएकी छन् ।

Advertisement

लेखक तथा निर्देशक गीताञ्जली सिन्हाले निर्देशन गरेको यस फिल्ममा फरिदा जलाल, अल्का अमीन, वैष्णवी म्याकडोनाल्ड, अम्मान खान र नुपुर शर्माको पनि अभिनय रहेको छ । चलचित्रमा सोनु निगम र साधना सरगमको पनि गीत रहेको छ ।

Advertisement

गीत गाएर आफ्नो अनुभव बाँड्दै मेनुकाले भनिन्, ‘मलाई यो सुन्दर बाटो खुलेको माया र आशीर्वादले म अत्यन्तै प्रभावित छु । यो फिल्मको एक हिस्सा हुन पाउनु ठूलो आशीष हो र यसको कथाले मलाई गहिरो प्रेरणा दिएको छ । यो रोमान्टिक सुफी गीत एक उत्कृष्ट कृति हो, जुन सीधा हृदयमा जान्छ र हामीलाई यसको शुद्ध रूपमा प्रेमको सम्झना गराउँदछ ।’

उनले भनेकी छन्, ‘अरन सर र लेखक निर्देशक गीताञ्जली दीदीसँग काम गर्नु अभूतपूर्व सिक्ने अनुभव थियो । रेकर्डिङ सत्रमा म जोशले भरिपूर्ण थिएँ, जसका कारण बिना कुनै हिचकिचाहट हृदयदेखि नै गाउन सकेको थिएँ । म शुद्ध बिनासर्त प्रेमको भावनामा पूर्ण रूपमा डुबेको थिएँ ।’

मेनुका पौडेललाई किन रोजियो भन्ने बारे गीताञ्जली सिन्हाले भनिन्, ‘मेनुकाको स्वरमा इमानदारी र शुद्धता छ, जसले मलाई चुम्बकजस्तै उनीतिर तान्यो । गीतले निर्दोषता र अटल विश्वासको माग गर्दछ, जुन मेनुकाको प्राकृतिक गायन शैलीसँग मिल्दोजुल्दो छ ।’