Banijya News

६२ वर्ष पुगे हरिवंश

1
1.2K Shares

२८ कात्तिक २०७६, काठमाडौं । नेपाली सिनेजगत् र हास्यव्यंग्यको क्षेत्रमा लामो समय योगदान गरेका हरिवंश आचार्यले बुधबार ६२ औं जन्मोत्सव मनाएका छन् । उनी नेपाली हास्यव्यंग्य क्षेत्रका चर्चित कलाकार हुन् ।

जस्तोसुकै अभिनयमा पनि सुहाउने चरित्रको भूमिका गर्न सक्नु आचार्यको प्रमुख खुबी हो । केही समयअघि ‘बूढो हुने मन छैन’ बोलको गीत सार्वजनिक गरेका आचार्यलाई शुभकामना व्यक्त गर्न लोकगायक प्रेमराजा महत, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, आचार्यपत्नी रमिला आचार्य, छोरा मोहित आचार्य, राजाराम पौडेल, केदार घिमिरे, कुञ्जना घिमिरे, उत्तम सञ्जेल, निर्मल शर्मा, आँचल शर्मालगायतका कलाकारको बाक्लो उपस्थिति थियो ।


हास्यव्यंग्य क्षेत्रमा काम गर्दै आइरहेको रेडियो अडियोले आचार्यको जन्मदिनका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो ।

1

Scroll to Top