Banijya News

सलमान खानको पनि उधारो तिर्न बाँकी ?

1
1.1K Shares

२६ माघ, काठमाडौं ।
बलिउडका चर्चित अभिनेता सलमान खानलाई बलिउडमा सबैभन्दा बढी कमाउने कलाकारको उपमा दिइन्छ । उनका प्रत्येक फिल्मले एक सय करोडभन्दा बढी कमाउने गरेको समाचार पनि बेलाबखत आइरहन्छ । यति हुँदा हुँदै पनि उनले कसैको उधारो तिरेका छैनन् भन्दा जो कोहीलाई विश्वास नलाग्न सक्छ ।
हो, वर्षमा अर्ब रुपैयाँ कमाउने सलमानले पनि कसैलाई उधारो तिर्न बाँकी छ। यो खुलासा अरु कसैले गरेको होइन, स्वयं सलमानले नै गरेका हुन्।
एक साइकल मेकानिक्सलाई १.२५ भारतीय रुपैयाँ उधारो तिर्न बाँकी रहेको सलमानले खुलासा गरेका हुन् । सलमानले यो खुलासा मुम्बई प्रहरीको वार्षिक कार्यक्रम ‘उमंग २०२०’ मा सहभागी हुने क्रममा गरेका हुन् ।
सलमान पछिल्ला दिन ‘राधे–योर मस्ट वान्टेड भाइ’ फिल्मको सुटिङमा व्यस्त छन् । उनको यो फिल्म २०२० को इदमा रिलिज हुँदैछ ।

1

Scroll to Top