०१ फागुन, २०७६, काठमाण्डौ ।
बलिउड नायिका कल्की कोलचिनले विवाहै नगरी छोरी जन्माएकी छिन् । ३६ वर्षीय कल्कीले गोवाको एक अस्पतालमा छोरी जन्माएकी हुन् । उनी इटलीका गाय हर्षबर्गसँग प्रेममा रहेपनि बिहे भने गरेकी छैनन् ।
उनको पहिलो विवाह सन् २०११ मा चर्चित फिल्म निर्माता अनुराग कश्यपसँग भएको थियो । तर चार वर्ष पछि २०१५ मा उनिहरुको कानुनी रुपमा सम्बन्धविच्छेद भएको थियो ।
एक वर्ष अगाडि उनी पियानोइस्ट हर्षबर्गको प्रेममा परेको समाचार बाहिरीएको थियो । त्यसको केहि दिनमा नै कल्कीले आफू आमा बन्ने तयारीमा रहेको आफैंले सार्वजनिक गरेकी थिइन् ।


