Banijya News

लिम्बू फिल्म अवार्ड सम्पन्न

1
1.1K Shares

०१ फागुन, २०७६, काठमाण्डौ ।
लिम्बू फिल्म तथा म्युजिक भिडियोको ‘एफएलएफ अवार्ड २०७६’ राजधानीमा सम्पन्न भएको छ । उक्त अवार्ड कार्यक्रममा सातवटा लिम्बू फिल्म सहभागी २० वटा म्युजिक भिडियो सहभागी रहेका थिए ।
कार्यक्रममा सातवटा लिम्बु फिल्म तर्फको अवार्ड निर्देशक सागर केरुङ, नायक भीम तुम्बाहम्फे, नायिका पुष्पा लिम्बू, गायक मणि ताम्लिङ, गायिका श्रेयसी चेम्जोङ, संगीत कुल्बा सुब्बा, कथा सागर केरुङ, छायांकन भूपेन्द्र तुम्बाहम्फेले पाएका थिए ।
त्यस्तै म्युजिक भिडियोतर्फको अवार्ड निर्देशक लोकेन सावा लिम्बू, गायक सुसन साम्सोहाङ, गायिकाका दीपा सुहाङ, नायक तथा मोडल रुद्र पाहिम लिम्बू, नायिका तथा मोडल लक्ष्मी योङहाले पाएका थिए ।
गायक निर्मल तुम्बाहम्फेले पब्लिक अवार्ड, जुरी नायक नरेन्द्र सेन्दाङ र नायिका वविता फोम्बोले पब्लिक अवार्ड पाए । नवनायकतर्फ विशाल सेनेहाङ उत्कृष्ट ठहरिए। गायक भगत सुब्बालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

1

Scroll to Top