Banijya News

‘गल्ली ब्वाय’ ले पायो सर्वोत्कृष्ट चलचित्र अवार्ड

1
1.1K Shares

०५ फागुन, काठमाण्डौ ।
शनिबार गुवाहाटीमा भएको फिल्मफेयर अवार्डमा ‘गल्ली ब्वाय’ ले सर्वोत्कृष्ट चलचित्र लगायत १० वटा अवार्ड हात पारेको छ ।उक्त अवार्ड प्रतियोगितालाई बलिउडको प्रतिष्ठित अवार्ड प्रतियोगिता मानिन्छ ।
उक्त अवार्ड प्रतियोगिताशोमा ‘गल्ली ब्वाय’ का लागि जोया अख्तरले सर्वोत्कृष्ट निर्देशक, रणवीर सिंहले सर्वोत्कृष्ट अभिनेता र आलिया भट्टले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाएका थिए । त्यस्तै सोहि चलचित्रका लागि सिद्धान्त चतुर्वेदीले सर्वोत्कृष्ट सह–अभिनेता, अमृता शुभाशले सह–अभिनेत्री, जोया अख्तर र अंकुर तिवारीले सर्वोत्कृष्ट सांगीतिक एल्बम तथा सर्वोत्कृष्ट संवाद विजय मौर्याले अवार्ड प्राप्त गरेका छन् ।
समीक्षकतर्फको अवार्डमा भने ‘आर्टिकल १५’ र ‘सोनचिरिया’ले सर्वोत्कृष्ट चलचित्र बन्न सफल भएका छन् । समीक्षकतर्फ आर्टिकल १५ का लागि आयुष्मान खुरानाले सर्वोत्कृष्ट अभिनेतामा अवार्ड पाए भने साँढकी आँख’का लागि भूमि पेड्नेकर र ताप्सी पन्नुले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् ।

1

Scroll to Top