नेपालमा पहिलो पल्ट टिकटक प्रतियोगिता शुरु भएको छ । लकडाउनमा घरमै बस्नुपर्ने अवस्था आएपछि टिकटक पारखीहरुलाई लक्ष्ति गर्दे प्रतियोगिता शुरु भएको हो । चार चरणमा विभाजन गरेर खेलाईएको प्रतियोगितामा भिवर्स, लाईक र कमेन्टको आधारमा विजेता घोषणा गरिने छ । प्रतियोगितका बिजेताले प्रमाणपत्र सहित ११ हजार १ सय ११ रुपैया नगद र प्रडुसर भिम लामाको नयाँ फिल्म खेल्न पाउँने छ अयोजक भिम लामाले बताए ।
नेपाली फिल्मी क्षेत्रमै यो अहिलेसम्मकै नौलो र पहिलो प्रयोग भएको लामाको दाबी छ । प्रतियोगिको पहिलो शर्त नेपाली फिल्म फेक फ्रेण्डको गीतमा टिकटक बनाएर प्रतियोगीले मेलमा पठाउँनु पर्ने छ । प्रतियोगितामा पहिले ५० मा पर्ने प्रतिस्पर्धीले अर्को भिडियो बनाएर पठाउँनु पछ ।
यसैबिच टिकटक प्रतियोगितामा गायक ताराबीर पाण्डे र मोडेल गुनगुन थापाले रोमान्स गरेका भिडियोले चर्चा बटुलेको छ । भण्डै २ सय ५० भन्दा बढी गीतमा सङ्गीत तथा स्वर दिसकेका गायक तथा संगितकार पाण्डेले मोडल थापालाई मुटुमा सजाएर राखेको टिकटक पठाएका छन् । पाण्डेले थापालाई अंगोमा हालेर छातिमा आफ्नो टाउको लुकाउँदै थापाको दिललाई आफ्नो मुटुको कुरा सुनाएका हुन् । उता मोडल थापाले पनि आफ्नो दिलले पाण्डेलाई सम्झिने गरेको भिडियो पठाएका छन् । कलाको सम्मान गर्नु टिकटकमा सामेल भएको प्रतिकृया दिने पाण्डे थापालाई फूल उपहार दिदै बाटैभरी सधै फूल विच्छाउने कसम एकान्तमा खाँदैछन् ।
गत बैशाख २३ गतेदेखि सुरु भएको प्रतियोगितामा गीतकार दिप्लप कुलुङ्गको शब्द दिप्सन आङ्बो लिम्बूको सङ्गितमा आङ्बो र दिपा लामा को आवजमा सजिएको ‘यो मुटु भित्र..’ शिर्षकको गित समावेश गरिएको यसका प्रमुख चलचित्रका निर्माता तथा निर्देशक लामा बताउँछन् ।


