एजेन्सी – बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनले विक्षिप्त बनेकी भाउजु सुधा देवीको निधन भएको छ । आइतबार आत्महत्या गरेका सुशान्तकी भाउजूको बिहारको पूर्णिया जिल्लास्थित पैतृक गाउँमा निधन भएकोहो ।
देवरको निधनको खबर सुनेकी सुधा सुधा देवी विक्षिप्त थिइन् । सोमवार अपराह्न मुम्बईमा जब सुशान्तको दाहसंस्कार हुँदै थियो तब गाउँमा भाउजुले पनि प्राण त्यागिन् । मुम्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि निधन भएको भारतीय सञ्चार माध्ययमको दाबी छ ।
बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको मृत्युको खबरले निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् । सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ । सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो। ५ सन्तानमध्ये सुशान्त परिवारको एक्लो छोरा हुन् । उनीका ३ जना दिदिबहिनीहरु मुम्बइमा बस्छन् भने एकजना दिदी अमेरिकाबाट आज नै भारत आउँदैछिन् ।


