असार १९, काठमाडांै ।
संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैबाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार परिवारका सदस्य र सीमित आफन्तको उपस्थितिमा काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा उनिहरुको विहे सम्पन्न भएको हो ।
अर्जुनले वैशाखमा नै बिहे गर्ने सोच बनाएका थिए । तर कोरोना भाइरसका कारण भएको लक डाउनका कारण अर्जुन र दुर्गाको बिहे वैशाखमा हुन सकेन् । सरकारले बनाएको नियमलाई पालना गर्दै उनीहरु विवाह बन्धनमा बाधिएका हुन् ।
कोरोना महामारीको समय बिवाह गरेपनि सामान्य अवस्था भएपछि बिवाह पाटी दिने या त सो रकम सामाजिक कार्यको लागि डोनेसन गर्ने बारे उनीहरुबीच निर्कोल भैनसकेको भनाई अर्जुनको छ ।
अर्जुन र दुर्गा विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए । अर्जुनका धेरै गीत सांगीतिक दुनियाँमा सफल रहेका छन् । उनको संगीतमा गायिका दुर्गा खरेलको पनि आवाज समावेश छ । सांगीतिक करियरमा सहकार्य गर्दै आएका अर्जुन र दुर्गा प्रेम सम्बन्ध आज बिवाहमा परिणत भएको हो ।


