०७ असोज, काठमाण्डौ ।
देश विदेशमा हुने कार्यक्रमका स्टेजमा व्यस्त हुने गायक मध्ये हिमाल सागर पनि एक हुन् । तर यतिबेला विश्वव्यापी महामारीको रुप लिएको कोरोनाको कारण हिमाल सागर घरमै चुपचाप बस्न बाध्य छन् । जसका कारण उनले लाँखौको घाटा वेहोर्नु परेको बताएका छन् ।
विगत १७ वर्षदेखि गायनमा सक्रिय हिमालसागर सन २०२० को लागि वल्र्ड म्युजिक टुरअन्तर्गत युरोप, अस्ट्रेलियालगायतका देशमा गर्ने म्युजिक टुरमा जुटेका थिए । कोरोनाको कारण ती सबै कार्यक्रम स्थगित भएको गायक हिमाल सागरले बताएका छन् ।
पप, आधुनिक, लोक, राष्ट्रियभाव, चलचित्रसहित हालसम्म करिब ५०० गीत गाएका हिमाल सागर विदेशमा सांगीतिक कार्यक्रमका लागि राम्रो डिमान्ड भएका गायक मध्येमा पर्छन् ।


