Banijya News

अन्जु पन्तका हुनेवाला श्रीमानले गरे आफै फोटो सार्वजनिक, भन्छन् ‘निकट भविष्यमा नै एक हुने तयारीमा छौं’

1
1.1K Shares

काठमाडौं । गायिका अञ्जु पन्तका हुनेवाला श्रीमान थीर कोइरालाले आफुहरुले केही दिनमै विवाह गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमा लेख्दै उनले भने ‘तपाईहरुले मिडियामा सुनेको खवर सत्य हो, हामी केही समयदेखि प्रेममा छौँ र निकट भविश्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ ।’


इलाम घर भएका कोइराला गीतकार हुन । करिब ६ वर्षअघि चिनजान भएका उनीहरू एक वर्षदेखि ‘रिलेसनसिप’मा छन् । अञ्जु र थीरको भेट आजभन्दा ६ वर्षअघि नेपाल टेलिभिजनको एउटा कार्यक्रममा भएको थियो । त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे । अञ्जु र थीर बीच त्यही कार्यक्रममा पहिलो चिनजान भएको थियो । त्यपछि उनीहरुमा प्रेम बस्यो । लामो समयको प्रेम सम्बन्धपछि उनीहरु वैवाहिक बन्धनमा बाँधिने तयारी गर्दे आएका छन् ।


थीर पूर्व पत्रकार पनि हुन् । काठमाडौंअघि इटहरी बस्दै आएका थीर ‘इटहरी साप्ताहिक’का पूर्वसम्पादक हुन् । पत्रपत्रिकामा लेखसमेत लेख्दै आएका उनी हाल उनी गैरसरकारी संस्थामा आवद्ध छन् ।


कोइरालाले शुभचिन्तकको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले आफुहरुलाई अझ उत्साह मिलेको र भविश्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गरेको समाजिक संञ्जाल मार्फत बताएका छन् ।


साता अघि गायिका पन्तले पुन विवाह गर्न लागेको समाचार सार्वजनिक भएको थियो । गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन् । उनीहरूकी एक छोरी छन् । अञ्जुकी छोरि परितोषिाले अञ्जुलाई विवाह गर्न आग्रह गरेकी थिइन् । छोरीकै आग्रहमा गायिका अञ्जुले विवाह गर्न लागेको साथीसँग बताउने गरेकी छिन् ।

1

Scroll to Top