वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा लामो सन्देश राख्दै आफूले बिहे गरेको सार्वजनिक गरेका छन् ।
पहिलो पत्नी मिना ढकालसँग कानूनी रुपमा ४ वर्ष अघि सम्बन्ध विच्छेद गरेका उनले सोमबार नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेका छन् ।
उनले संजालमा ’सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउँछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर÷खाएर विवाह सम्पन्न गरेका छौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशीर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद ।’
https://www.facebook.com/majurel/posts/5073256242688671


