Banijya News

फिल्म ‘कुमारी’ को पहिलो साताको आम्दानी ५६ लाख

1
1.1K Shares

 चर्चित फिल्म ‘कुमारी’ को बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ । शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको फिल्मले शनिबारसम्म ५६ लाख मात्र कमाउन सफल भएको हो । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ५६ लाख २११ रुपैयाँ ग्रस कलेक्सन छ । फिल्मको यो अवधिमा १७ हजार २५ वटा मात्र टिकट बिकेको छ ।

गत माघ २४ गतेबाट देशभर प्रदर्शनमा आएको फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् । युवायुवतीको प्रेम कथामा आधारित फिल्म ‘कुमारी’ नेपालसँगै अस्ट्रेलिया, संयुक्तराज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूमा पनि प्रदर्शनमा आएको छ ।

निर्माता महेन्द्र अधिकारी रहेको फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतको अभिनय छ । विकास सुवेदीको लेखन र सुशन प्रजापतिको छायाङ्कन रहेको यो फिल्मका कार्यकारी निर्माता केदार भुसाल हुन् ।

1

Scroll to Top